add

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?






ActPro Nepal

|

६ असार, २०८१

|
187

काठमाडौं । बुधवार सुनको मूल्य स्थिर छ । गत सोमबारदेखि छापावाला सुनको भाउमा कुनै थपघट भएको छैन् ।

आजका लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार, मंगलबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । यस्तै, महासंघले आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ४१ हजार ५०० रुपैयाँ तोकेको छ ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.