add

संसद भवनभित्र आफैंमाथि गोली हानेर प्रहरी जवानले गरे आत्महत्या






ActPro Nepal

|

६ असार, २०८१

|
322

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

दोलखाका अजित गोले गोली लागेको अवस्थामा संसद भवनको शौचालयभित्र आफैंलाई गोली हानेका हुन्।

शौचालयतिर गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ। उनी आज बिहान ६ बजेदेखि १० बजेसम्म ड्युटीमा थिए।

उनले आफैंले बोकेको इन्सास राइफले निधारमा गोली हानेको बताइएको छ। गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

गोले नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.