add

प्रिमियर लिगको तालिका सार्वजनिक : यस्ता छन् खेल तालिका






ActPro Nepal

|

५ असार, २०८१

|
337

काठमाडौं । इंग्लिस प्रियिमर लिगको आगमी सिजनको तालिका सार्वजनिक भएको छ। प्रिमियर लिगको नयाँ सिजन अगस्त १६ बाट सुरु भएर सन् २०२५को मे २५मा सकिनेछ।

ओल्ड ट्राफेर्डमा म्यान्चेस्टर युनचेस्टर युनाइटेडले फुलहमसँग खेलेसँगै इपिएलको नयाँ सिरिजको सुरुआत हुनेछन्। यो खेल नेपाली समयअनुसार अगस्त १६को राति १२ः४५ बजे हुनेछ।

इपिएलको पहिलो चरणमै दुई हेभिवेट क्लबहरु लगातार चार पटकको च्याम्पियन म्यन्चेस्टर सिटी र चेल्सी भीड्ने छन्। यो खेल स्टामफोर्ड ब्रिजमा अगस्त १७मा राति ९ः१५ मा सुरु हुनेछ।

पहिलो चरणमा लिभरपुलले अवनप्रवेशी क्लब इपस्विच टाउनसँग खेल्नेछ भने आर्सननले वुल्भ्स, एभर्टनले ब्राइटन, न्युकासलले साउथ ह्याम्पटन, नटिङहम फरेस्टले बोर्नेमाउथ, ब्रन्टफोर्डले क्रिस्टल प्यालेस तथा वेस्टहमले एस्टन भिल्लासँग खेल्ने छन्।

डिफेन्डिङ च्याम्पियन सिटीले लिभरपुलसँग नोभेम्बर ३० मा उसकै मैदानमा र फेब्रुअरी २२मा घरेलु मैदानमा खेल्नेछ। यस्तै, म्यान्चेस्टर डर्बी डिसेम्बर १४मा एत्तिहादमा हुनेछ भने अप्रिल ५मा ओल्डट्राफोर्डमा हुने।

यस्तै, सिटी र आर्सनलबीचको खेल सेप्टेम्बर २१ र फेब्रअरी १मा हुनेछ। पहिलो खेल एत्तिहाद र दोस्रो खेल इमिरेट्स मैदानमा हुनेछ। यस्तै, आर्सनल र लिभरपुलबीचको पहिलो खेल एन्डफिल्डमा अगस्त १मा हुनेछ भने दोस्रो खेल अक्टोवर २६मा इमिरेट्समा हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.