add

खराब ब्याटिङले विश्वकपमा नेपाल जितविहीन, बंगलादेशसँग २१ रनले पराजित






ActPro Nepal

|

४ असार, २०८१

|
308

काठमाडौँ । टी-२० विश्वकपको अन्तर्गत समूह डीको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको हो।

बंगलादेशका बलर तन्जिम हसन शकिवको धारिलो बलिङका कारण नेपालको सुरुवात नै राम्रो हुन सकेन। उनले ४ ओभर बलिङ गर्दै ७ रन दिएर ४ विकेट लिए। 

यस्तै शकिव अल हसनले अन्तिम ओभरमा २ विकेट लिए। यसैगरी मुस्ताफिजुर रहमानले ४ ओभरको बलिङमा ७ रन लिँदै नेपालका ३ जना ब्याटरलाई आउट गरे।

कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । 

दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । 

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो। 

नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए।

जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ भने नेपाल एउटा खेल पनि नजिती घर फर्किएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.