काठमाडौं । कर्णाली नदीमा रहेको झोलुंगे पुलमा अड्किएका १३ खच्चड मध्ये ८ वटा खच्चडको जीवितै उद्धार भएको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका– ६ खिड्किजिउला जोड्ने झोलुंगे पुलको जाली लत्रिँदा १३ खच्चड पुलमा अड्किएका थिए।
अहिलेसम्म ८ वटा खच्चडको जीवितै उद्धार गरिएको । उद्धार गर्ने क्रममा २ वटा मरेका र बाँकी ३ वटा खच्चडलाई उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।
उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र स्थानीय तहका जनप्रतिनिधि सहित स्थानीय खटिएका छन्।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए। पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।