add

स्टार्टअप नीति पारित भएकोमा महासंघको स्वागत






ActPro Nepal

|

२२ जेठ, २०८१

|
301

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्ट अप नीति पारित भएकोमा खुशी व्यक्त गरेको छ ।

बुधबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए ।

दुई वर्षअघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषदले पारित गरको थियो ।

नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको महासंघले जनाएको छ ।

अध्यक्ष ढकालले महासंघ स्टार्टअप एण्ड इनोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको बताए ।

त्यस्तै, सहसचिव जिवलाल भुषालले नीतिले अंगिकार गरेकोे स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरू, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरूका विषयमा प्रकास पारे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.