काठमाडौं । नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ ।
यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।