add

अर्थतन्त्रमा अपेक्षित सुधार भएन, कृषिमा लगानी दशक घोषणा






ActPro Nepal

|

१५ जेठ, २०८१

|
297

काठमाडौं । ०८१ देखि ०९१ लाई सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ०८१ देखि ०९१ लाई कृषिमा लगानी दशक घोषणा गरिएको बताए।

यस्तै, अर्थमन्त्री पुनले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार नभएको बतएका छन्। उनले लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन बताए।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन्।

वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.