add

महिनावारीको चार दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने






ActPro Nepal

|

१५ जेठ, २०८१

|
408

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो व्यवस्था गरिएको बताए। 

उनीहरुको सट्टामा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा सडकमा खटाइने उनले बताए। 

उनले भनेका छन्,‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास। अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीको ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको  साटो सडकमा सघाउनु हुनेछ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.