add

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार !






ActPro Nepal

|

१५ जेठ, २०८१

|
366

काठमाडौं । मंगलबार सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् सोमबार १ लाख ३७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर १ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.