add

टी–२० विश्वकप : नेपाल ‘वार्मअप’ खेलमा क्यानडासँग ६३ रनले पराजित






ActPro Nepal

|

१५ जेठ, २०८१

|
379

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ। क्यानडाले नेपाललाई ६३ रनले हराएको हो।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी रंगशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो। जितका लागि एक सय ८४ रनको लक्ष्य पाएको नेपाल १९.३ ओभरमा १२० रन बनाएर अलआउट भयो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले ३० बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गरे। यस्तै, अनिल साहले १६ बलमा २४, आसिफ शेखले २२ बलमा २२ तथा कुशल भुर्तेलले १६ बलमा १० रन बनाए।

बलिङतर्फ क्यानडाका लागि डिलन हेलिगरले चार, साद बिन जाफर र जेरेमी गोर्डनले २–२ तथा कलिम साना र परगत सिंहले १–१ विकेट लिए।

यसअघि क्यानडाका लागि ब्याटिङ गर्ने क्रममा निकोलस किर्तनले अर्धशतकीय इनिङ खेले। उनले ३९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए। यस्तै, रवीन्द्रपाल सिंहले १७ बलमा ४१ रन बनाए। उनले एक चौका र चार छक्का प्रहार गरे।  नवनित धालिवालले २७ बलमा ३२, डिलन हेलिगरले १३ तथा परगत सिंहले १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि अविनाश बोहराले दुई तथा करन केसी, सागर ढकाल, सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल यही जेठ १७ गते अमेरिकासँग खेल्नेछ। जेठ १९ गतेदेखि सुरु हुने आइसीसी टी–२० विश्वकपका नेपालले पहिलो खेल जेठ २३ गते नेदरल्याण्डससँग खेल्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.