add

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने






ActPro Nepal

|

१३ जेठ, २०८१

|
307

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ। अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ ।                                                 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गरी देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाउने विभागले जनाएको छ । 

नियमित तर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइँदै छ ।

यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ति बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपीभी’ लगाउनबाट बञ्चित भएका थिए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.