काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनी संचालक समितिको बैठकले चुक्ता पूँजी पुर्याउन हाल कायम चुक्ता पूँजीको १००ः१५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधरणसभाबाट पारित गरेपछि निष्काशन प्रक्रिया अघि बढ्ने छ । हाल २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।
बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।