add

हाथवे इन्भेष्टमेन्टको नाफामा उछाल, रिटेन्ड अर्निङमा ३६ करोड संचित






ActPro Nepal

|

२७ वैशाख, २०८१

|
130

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार चैतसम्म ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

जबकि गत वर्ष चैतसम्म कम्पनी १ करोड २२ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीको नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशतले बढेर ८९.२० प्रतिशतले बढेर २३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको कुल खर्च १२.४३ प्रतिशतले घटेर १० करोड ४४ लाख रुपैयाँमा झरेको छ । हाल १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ३२ लाख रुपैयाँ संचिति छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । गत चैतमा ०.८० रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले ३.८९ रुपैयाँ धनात्मक भएको छ । यस अवधि कम्पनीको प्रतिसेयर नेटवर्थ ७७.६२ रुपैयाँ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.