add

देशका विभिन्न १५ शहरमा ‘रोड-शो’ गर्दै डिशहोम






ActPro Nepal

|

२५ वैशाख, २०८१

|
194

काठमाडौं । डिशहोमले देशभरका विभिन्न १५ सहरहरुमा रोड शो कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियो अन व्हील्स रोड शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा-सुविधाहरुको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गर्ने भएको हो ।

आउँदो टी २० विश्वकप क्रिकेट र यूरो २०२४ लाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको डिशहोमले जनाएको छ । यस कार्यक्रमले हजारौंलाई पूर्ण मनोरञ्जन गराउने कम्पनीको विश्वास छ ।

रोड शो कार्यक्रमा महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मीता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोता रहने छन् भने शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले  प्रस्तुति दिने छन् ।

कार्यक्रममा अन्य थप रोमान्चाक गतिविधि हुने छन् । जहाँ सहभागीहरूले विभिन्न खेलहरुमा सहभागी भई पुरस्कार पनि जित्न सक्नेछन ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हील वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगंज, जेठ १ गते हेटौंडा, २ गते नारायणघाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौंमा समापन हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.