add

४ गुणाले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी १४.१ रुपैयाँ






ActPro Nepal

|

२४ वैशाख, २०८१

|
57

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २८०.५७ प्रतिशतले बढेको हो ।

चालु आवको चैत मसान्तसम्म लघुवित्तले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ८७ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म लघुवित्तले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.८५ प्रतिशतले बढेर १९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा २८५.८६ प्रतिशतले बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब २७ करोड निक्षेप संकलन र ३ अर्ब २७ करोड सापटी लिइ कुल ५ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ ।

हाल ४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४ करोड १६ लाख रुपैयाँ ऋणात्मक छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ४ गुणाले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३.७ रुपैयाँबाट बढेर १४.१ रुपैयाँ पुगेकोे छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १४४.४५ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा दुईतिहाईले घटेको छ । गत चैतमा १४.०४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर ४.९७ प्रतिशतमा झरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.