add

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज






ActPro Nepal

|

१८ वैशाख, २०८१

|
39

काठमाडौं । गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिट खारेज गरेको हो।

खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट खारेज भएसँगै मुख्यमन्त्री अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिने बाटो खुलेको छ। सर्वोच्चमा रिट परेपछि मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिन पाएका थिएनन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.