add

मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न आयोगको निर्देशन






ActPro Nepal

|

१६ वैशाख, २०८१

|
324

इलाम । इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन दिएको छ । शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा लिम्बुले आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि उनले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई स्पष्टीकरण सोध्न भनेको हो । 

यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीसँग भने–‘एकजना उम्मेदवार निर्वाचन चिन्ह अङ्कित सामग्री लगाएर मतदान गर्न जानुभएछ । यसबारे तत्कालै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर स्पष्टीकरण सोध्नु भनेका छौँ ।’

उम्मेदवार लिम्बुले त्यसरी चुनाव चिन्हको लोगो लगाएर मतदान गर्नु कानुनले आचारसंहिता विपरीत मानेको बताउँदै निर्वाचन सम्पन्न भएपछि पनि आयोगले कारबाही गर्न असर नपर्ने जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.