add

९ महिनामा साढे १० खर्ब व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो






ActPro Nepal

|

११ वैशाख, २०८१

|
88

काठमाडौं । देशले चालु आर्थिक बर्षमा साढे १० खर्ब भन्दा बढी व्यापारघाटा व्यहोरेको छ ।

गत साउनदेखि चैत मसान्तसम्म ९ महिनामा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । यस अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएका छन् । जुन गत आवको सो अवधिको तुलनामा २ दशमलव ८४ प्रतिशत कम हो । त्यस्तै १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको हो । गत आवको सोही अवधिको तुलनामा चालु आवको ९ महिनामा नेपालबाट हुने निर्यातको व्यापार ३ दशमलव६६ प्रतिशतले घटेको हो ।

यता नेपालले गर्ने व्यापारघाटामा पनि गत आवको यहि अवधिको तुलनामा केहि गिरावट आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार गत आवको पहिलो ९ महिनामा १० खर्ब ८३ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा भएको थियो । चालु आवको सोही अवधिमा व्यापारघाटा २ दशमलव७५ प्रतिशतले घटाएर १० खर्ब ५३ अर्ब पुर्याएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.