add

‘मुलुकको अर्थतन्त्र सुधार हुँदै जाने देखिएको छ’- गभर्नर अधिकारी






ActPro Nepal

|

७ वैशाख, २०८१

|
83

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको बताएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरू भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन उनले यस्तो बताएका हुन् ।

‘आइएमएफले यस वर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,’ उनले भने ।

गभर्नर अधिकारीले सीएले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए ।

सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.