काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ १ लाख ३६ हजार ८५० रुपैयाँ तोकिएको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।