add

सम्पत्ति शुद्धीकरण मुद्दामा रिडी हाइड्रोका तत्कालीन अध्यक्ष न्यौपाने दोषी ठहर






ActPro Nepal

|

३ वैशाख, २०८१

|
81

काठमाडौं । विशेष अदालतले रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद तथा तीन करोड ९८ लाख जरिवानाको फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरु रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

न्यौपानेले आफैं अध्यक्ष भएको कम्पनीको सेयर कारोबारमा संलग्न रही एक करोड ९९ लाख रुपैयाँ लिएको अदालतको ठहर छ । न्यौपाने ७३ वर्षको भएकाले ज्येष्ठ नागरिकसम्बन्धी ऐनबमोजिम आधा कैद घटाएर विशेष अदालतले एक वर्ष कैदको फैसला गरेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.