add

कुमारी बैंकको नयाँ वर्ष विशेष अफर, आकर्षक क्यास ब्याक पाइने






ActPro Nepal

|

३० चैत, २०८०

|
109

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विशेष अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको हो ।

योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । साथै, क्युआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् ।

योजना अगामी वैशाख १ गते बिहान ८ः०० बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुने बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा प्रत्साहन गर्ने कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताए । कुमारी बैंक पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध छ । यसका साथै भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ।

बैंकले विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको छ । बैंकले देशभर ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.