add

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण, भुटानको भन्दा न्यून






ActPro Nepal

|

३० चैत, २०८०

|
96

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशतको हुने प्रक्षेपण छ । यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । गत वर्ष सन् २०२३ मा एडीबीले नेपालको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो ।

एडीबीका अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा व्यापक सुधार आउने छ । गत वर्ष जम्मा १.९ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण रहेकामा यो वर्ष ३.६ प्रतिशतको प्रक्षेपण भएको छ । यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्नेछ ।

दक्षिण एसियामा भारत बलियो

दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरैले बढ्ने देखिएको छ । एडीबीको प्रक्षेपणअनुसार सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुनेछ । यो दक्षिण एसियाली मुलुकहरूको तुलनामा सबैभन्दा धेरै हो । यसपछि बङ्गलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानको वृद्धिदर हासिल गर्ने माल्दिभ्को अर्थतन्त्र ५.४ प्रतिशतले बढ्नेछ । यसपछि भुटानको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्दा पाकिस्तान र श्रीलङ्काले समान १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण एडीबीको छ । अफगानिस्तानको भने यो वर्ष आर्थिक वृद्धिदर प्रक्षेपण भएको छैन ।

दक्षिण एसियाली मुलुकको अर्थतन्त्र समग्रमा ६.३ प्रतिशतले बढ्ने देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.