add

आज इद-उल-फित्र पर्व मनाइँदै






ActPro Nepal

|

२९ चैत, २०८०

|
87

काठमाडौँ ।अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद-उल-फित्र पर्व मनाउँदैछन् ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद-उल-फित्र भनिएको हो । अरबी पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक याे पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ।

यसै अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण इदको अन्तिम  दिन बिहीबार सार्नु परेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम समुदायमा इदको अन्तिम दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मीयता साट्ने गर्छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.