add

सुनसरीको चतराधाममा १२ वर्षे पूर्ण महाकुम्भ मेला शुरु (फोटोफिचर)






ActPro Nepal

|

२७ चैत, २०८०

|
533

काठमाडौं । सुनसरीको चतरा धाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु भएको छ । 

वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुनेछ ।

एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ । कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ।

मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अनुरागीको सहभागिता रहने आयोजकले बताएको छ।


कुम्भ मेलामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मी खटिनेछन् । मेलामा जाने भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.