add

धितोपत्र बोर्डको अध्यक्षका लागि यी ५ जना परे ‘सर्ट लिस्ट’मा






ActPro Nepal

|

२६ चैत, २०८०

|
240

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा ५ जनाको नाम सर्टलिस्ट गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्य डा। मीनबहादुर श्रेष्ठको नेतृत्वमा रहेको छनोट समितिले बोर्ड अध्यक्षका लागि ५ जनाको नाम छनोट गरेको हो ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । समितिले तीमध्ये चीरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठलाई अन्तिम ५ मा छनोट गरेको हो ।

चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

अब समितिले सर्टलिस्टमा परेका मध्येबाट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्षको कार्यालका ४ वर्षको हुनेछ । गत पुस तेस्रो साता तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पूरा भएसँगै ३ महिनादेखि बोर्ड नेतृत्वबिहीन छ ।

अध्यक्ष नहुँदा बोर्डको कामकारबाही प्रभावित भएका छन् । महिनौंदेखि आवेदन दिएर पाइपलाइनमा बसेका कम्पनीले आइपीओ र हकप्रद सेयर निष्काशनको अनुमति पाउन सकेका छैनन् ।

त्यस्तै, नयाँ स्कट एक्सचेन्जको लाइसेन्स, मार्जिन लेन्डिङ लगायत काम पनि अघि बढ्न सकेका छैनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.