add

‘सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने बजेट ल्याउँछौं’






ActPro Nepal

|

२६ चैत, २०८०

|
206

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले यस वर्षको बजेट निर्माण सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी ल्याउने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित ‘पूर्व बजेट छलफल आर्थिक वर्ष २०८१–८२’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए।

‘बजेट निर्माणको क्रम छ। म सुरु मै भन्न चाहन्छु यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने प्रयास भएको छ,’ उनले भने, ‘अहिले तीन महिना पहिले नै बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता माथि छलफल संसदमा भएर आवश्यक सुझावहरू पनि आइसकेको छन्। त्यसलाई सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी लैजाने कोसिस भइराखेको छ। त्यसपछि आउने मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भएको छ।’

अर्थमन्त्री पुनले गत वर्षमा कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति, कार्यक्रम र बजेट र आएको भन्ने टिप्पणी बिडम्वना रहेको बताए । यस वर्षको बजेट विनियोजनमा विगतको कमजोरीलाई दोहोरिन नदिने दाबी उनले गरे।

‘गत वर्ष विडम्बना जस्तो पनि साझा टिप्पणीहरु भए । कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति कार्यक्रम बजेट र त्यसपछि मौद्रिक नीति अर्को आस्थाबाट आएको जस्तो टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो। यसलाई सच्याउन यस वर्ष प्रयत्नहरू भइरहेको छ,’ उनले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.