add

सात संसदीय समितिको बैठक आजै, यस्ता छन् छलफलका विषय






ActPro Nepal

|

२२ चैत, २०८०

|
139

काठमाडौँ । आज विभिन्न सात संसदीय समितिहरूको बैठक बस्दैछ । प्रतिनिधिसभाकाअर्थ समिति र कानून,न्याय तथा मानवअधिकार समितिको बैठक विहान ११ बजे बोलाइएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे,सार्वजनिक लेखा समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक राखेका छन् । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ। अर्थ समितिको आजको बैठकमाउजुरी छानविन उपसमितिमा हालसम्म भएका कामकारवाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ । 

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेकाा कामकारबाहीका बारेमा छलफल हुदैछ ।

सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रीत छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी छ । त्यस्तै, महिला तथा सामाजिकसमितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा छलफल हुदैछ । समितिले मानव बेचबिखन रलैङ्गिक हिंसा सम्बन्धी दुई विषयमा छलफल गर्न लागेको जनाएको छ । 

यस्तै,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने तयारी छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयनलगायतका विषयमा छलफल हुँदैछ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.