काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ ।
त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीहरुबाट आवेदन माग गरेको हो । आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा sambaidhanik@opmcm.gov.np मा पठाउन आह्वान गरिएको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।