इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिनाको एकल नाम सिफारिस गरेको छ।
माओवादी केन्द्रको इलाम जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो। हाल उनी केन्द्रीय सदस्य छन्।प्रदेश कमिटीले केन्द्रमा नाम पठाएपछि तिम्सिनाको उम्मेदवारी सुनिश्चित हुने छ।
उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि तिम्सिनाले इलाम २ मा चुनावको तयारी थालेका छन्। उनी यसअघि २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।