add

एकीकृत समाजवादीकी सांसद नगएपछि बागमती प्रदेशको बैठक प्रभावित






ActPro Nepal

|

१९ चैत, २०८०

|
202

काठमाडौँ । बागमती प्रदेशसभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको छ। 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भनेर १ बजेका लागि बैठक डाकिएको थियो।

नेकपा एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी नभएपछि बैठकका लागि समस्या उत्पन्न भएको थियो। उनले आफुलाई मन्त्री बनाए मात्र विशसको मत दिने अडान राख्दै आएकी थिइन्। मन्त्री बनाउने आश्वासनपछि उनी काठमाडौँबाट हेटौँडातर्फ जाँदैछन्। 

नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेश सरकारको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो। उक्त पार्टीले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा बुहमत जुट्ने संभावना देखिए पनि सांसद आले मगरका कारण समस्या उत्पन्न भएको थियो। एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान लिँदै आएको छ। 

वाग्मती प्रदेश सरकारका लागि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका ५६ सदस्यको बहुमत आबस्यक पर्छ  । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी) का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.