add

तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता छैनः मन्त्री बस्नेत






ActPro Nepal

|

१९ चैत, २०८०

|
231

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताएका हुन्।

छलफलका क्रममा केही सांसदहरुले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफ दिँदै उनले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे। वर्षायाममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उनले भ्रमको पछि दौडिनु नहुने बताए।

उनले भने,’तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चा सत्य होइन। एउटा कुरा के प्रष्ट छ त भन्दा वर्षायाममा त हामी बिक्री गर्छौं। त्यसकारणले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा आफैँमा सही होइन। त्यो भ्रमको पछि दौडिनु हुँदैन।’

उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) मा सहभागी हुँदा प्रशस्त लाभ लिन सकिने बताए। उनले यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्वसमेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.