add

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)






ActPro Nepal

|

१८ चैत, २०८०

|
85

काठमाडौँ । गीतकार तथा गायक अर्जुन कुँवरले ‘कमिनी’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।  गायक कुँवरले उक्त गीतमा अन्तरजातीय प्रेम सम्बन्ध र समाजमा कायम जातीय विभेदको विषयलाई गहन ढंगले प्रस्तुत गरेका छन् ।

गीतमा जातीय विभेदविरुद्ध सशक्त ढंगले आवाज उठाइएको छ भने कथित उपल्लो जातका मानिसबाट हुने गरेका अमानवीय व्यवहारलाई  उजागर गरिएको छ । यस्तै जातीय विभेदको मानसिकताकै कारण विभिन्न घटना घटेको विषय पनि गीतमा समेटिएको छ ।

जातकै कारण छन् घटना घटेको

छैन अझै छुवाछुत हटेको

पिरतीको घाँटी रेटिन्छ

दलितसँग भो नाता नजोड

भोलि तिम्रो थरै मेटिन्छ

कुँवरले गीतमार्फत आफूले जात र थर भन्दा पनि मान्छेको सोच बदल्न आवश्यक रहेको सन्देश दिन खोजेको बताए । कुँवरको शब्द संयोजनमा सार्वजनिक गरिएको गीतमा कुँवरका साथसाथै सन्तोष सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।

यस्तै संगीत सन्तोष सेन्चुरी, एरेन्ज महेन्द्र भण्डारी र भिडियो निर्देशन बिनोद भण्डारीले गरेका छन् । गीतको भिडियो कुँवरकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ।

गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ ।  



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.