add

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल, राष्ट्रपतिबाट उद्घाटन गराउने तयारी






ActPro Nepal

|

१४ चैत, २०८०

|
313

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन भइसकेको छ। 

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

राष्ट्रपतिले पुल उद्घाटन गर्ने विषयमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखको बैठक बस्दैछ। 

पुल २०७१ कात्तिक २० गते निर्माण थालिएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.