add

धनगढी मेयरकी छोरी भारतमा सम्पर्कविहीन भएपछि...






ActPro Nepal

|

१४ चैत, २०८०

|
46

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्कविहीन भएकी छिन्।

मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देख्दै आफ्नी जेठी छोरी भारतमा सम्पर्कविहीन भएको बताएका छन्।

उनका अनुसार हमालकी जेठी छोरी ओशो साधक भएको र केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको बताएका छन्। 

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ, दिदीबहिनीहरूले  खोजीकार्यमा सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछु,’ उनले लेखेका छन्, ‘साथै मेरी कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले  मोबाइल नम्बर नं. ९७९४०९६०१४/८२७३५३८१३२/९३८९६०७९५२ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजीकार्यमा सहजीकरण गरिदिनुहुन हार्दिक  अनुरोध गर्दछु।’ 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.