add

आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह






ActPro Nepal

|

१२ चैत, २०८०

|
137

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले आइतबार सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेका छन् ।

“उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ”, बेइजिङमा  आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भने ।

बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिए  ।

जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका उद्यमहरूबीच समान अवसर सुनिश्चित गर्न चीनलाई आग्रह गरे ।

प्रधानमन्त्री ली छियाङले आइतबारको फोरममा विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने बताए ।

चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर वर्षौँदेखि तल झर्दै आएको छ । बेइजिङले यस महिनादेखि करिब पाँच प्रतिशतको वार्षिक लक्ष्य राखेको छ । यो देशलाई छिटो समृद्धितर्फ लैजानका लागि आवश्यक वृद्धि दरभन्दा उल्लेखनीयरूपमा कम हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.