add

चैत १२ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१२ चैत, २०८०

|
954

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० चैत १२ गते | साेमवार २५ मार्च २०२४। फाल्गुण शुक्लपक्ष पूर्णिमा तिथि, १२ः०२ बजेपछि प्रतिपदा। उत्तरफाल्गुनी नक्षत्र, १०ः२६ बजेपछि हस्त। चन्द्रराशि कन्या।

आजको राशिफल

मेष : मित्रको साथ मिल्नेछ। साथीलाई देखेपछि काम गर्ने हिम्मत आउने छ। धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ।

वृष : समय राम्रो छ। गोप्य ढंगले बनाएको योजना सफल हुनेछ। काम गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुन्छ। यात्रा रमाइलो हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ।

मिथुन : दैनिकी सामान्य छ। आर्थिक क्षेत्रमा विवाद हुनेछ। अल्छी बन्नुभयो भने काम हुँदैन। स्वास्थ्य जोगाउन खानपानमा ख्याल गर्नुपर्ने दिन छ। तपाईंले श्रम गरेको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। सिर्जनात्मक बन्ने योग छ। धार्मिक क्षेत्रको भ्रमण हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

सिंह : मिठो खाने अवसर मिल्नेछ। दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सफल हुनेछ। तपाईंको प्रशंसा हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ।

कन्या : अधुरा काम बन्ने योग छ। तपाईंको बोलीले समाज प्रभावित हुनेछ। मित्रसँग भेट हुनेछ। समय राम्रो छ। मेहनतको फल प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

तुला : सानो समस्याले दुःख दिने योग छ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। गलत व्यक्तिसँगको संगतले खराब बाटोमा हिड्ने खतरा छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।

वृश्चिक : समय राम्रो छ। समाजमा तपाईंको सम्मान हुनेछ। वौद्धिक व्यक्तिसँग सहकार्य हुनेछ। रोकिएको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनसक्छ।

धनु : समय राम्रो छ। जिन्दगीमा न्याय मिल्ने दिन छ। सोचेको काम बन्नेछ। परिवारमा खुशी छाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मन जानेछ। सार्वजनिक जिम्मेवारी प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रो फाइदा हुनेछ। शिक्षा भन्दा स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आजको दिन सामान्य छ। शिक्षामा सफलता पाउन ठुलो मेहनतको खाँचो देखिन्छ। गलत बाटो देखाएर असफल बनाउने साथी सक्रिय छन्। बोलीमा रुखोपन बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ रहनेछ।

मीन : समय राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। बोलीको प्रभावले धेरै काम बन्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.