add

नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम






ActPro Nepal

|

११ चैत, २०८०

|
87

काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार डीएभी हायर सेकेन्डरी स्कुलमा ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाले जनाएको छ । उक्त कार्यक्रममा २०० भन्दा बढि विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो । 

कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाका शाखा प्रवन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । नेपाल राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । 

हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.