add

बैंकमा एक महिला सहित दुई स्वतन्त्र सञ्चालक अनिवार्य






ActPro Nepal

|

९ चैत, २०८०

|
104

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा दुई जना महिला संचालक हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्दै अबका दिनमा बैंकमा दुई जना महिला संचालक हुनुपर्ने व्यवस्था गरेको हो ।

जस अनुसार महिला सेयरधनी रहेको बैंक तथा वित्तीय संस्थाको संचालकको नियुक्ती गर्दा कम्तीमा एक जना महिला संचालक हुनेगरी नियुक्त गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्थामा महिलाको प्रतिनिधित्व गराउनका लागि उक्त व्यवस्था गरिएको उक्त विद्येयकमा उल्लेख गरिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थामा महिला संचालकको बाध्यकारी व्यवस्था नभएपनि वाफियालाई संसोधन गर्दै दुई जना महिला संचालकको अनिवार्य व्यवस्था गरिएको हो ।

त्यस्तै राष्ट्र बैंकले स्वतन्त्र संचालकमा पनि एक जना महिला सदस्य अनिवार्य गरेको छ। यसअघि एक जना मात्रै स्वतन्त्र संचालक रहने व्यवस्था रहेकोमा अब दुई नियुक्त गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ। जसमध्ये एक जना महिला अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अध्यक्षको कार्यकाल हटाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.