add

बीमा कम्पनीहरुलाई प्राधिकरणले दियो १८ बुँदे निर्देशन






ActPro Nepal

|

७ चैत, २०८०

|
172

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा (जीवन र निर्जीवन) कम्पनीहरुलाई १८ बुँदे निर्देशन दिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुको स्थलगत र गैरस्थलगत निरीक्षणका क्रममा कैफियत भेटेपछि १८ बुँदे निर्देशन दिएको हो ।

प्राधिकरणले बीमा कम्पनीको लापारबाही र हेलचेक्र्याइँ रोक्न विद्यमान व्यवस्थामा केही कडाइ गरेको छ । प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।

यस्तै, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्राधिकरणले २ महिनाभित्र प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम भौतिक पूर्वाधार (कर्मचारीहरूको लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठककक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापन) विकास गर्न, प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २जना कर्मचारी अनिवार्य राख्न, शाखा कार्यालयहरूमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुने  व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै, कर्मचारीको दक्षता अभिवृद्धिका लागि कर्मचारी खर्चको कम्तीमा २ प्रतिशत रकम कर्मचारी तालिम तथा वृत्ति विकासमा खर्च गर्न, मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानी, लगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्ने अधिकार प्रत्यायोजनको लिखित जानकारी प्राधिकरणलाई गराउन निर्देशन दिएको छ ।

कृषि तथा पशुपन्छी बीमामा ५० हजार रूपैयाँ सम्म एवम् मोटर र सम्पत्ति बीमामा २ लाख रूपैयाँ सम्म को दाबी भुक्तानीलाई प्रदेश एवम् शाखा कार्यालयबाट समेत फस्र्योट गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने साथै अधिकार प्रत्यायोजनको जानकारी प्राधिकरणलाई गराउन भनेको छ ।

आँशिक तथा परिपक्व जीवन बीमालेख बापतको रकम बीमितको बैंक खातामा नै दाखिला हुनेगरी तुरुन्त भुक्तानी हुने व्यवस्था गर्न, केवासी अध्यावधिक गरी जोखियुक्त बीमितको बृहद् ग्राहक पहिचान (ईडीडी) गर्न, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका, २०७५ बमोजिम बीमकको जोखिम मूल्यांकन प्रतिवेदन अध्यावधिक गर्न लगायत निर्देशन दिएको छ ।

उल्लिखित निर्देशनको पूर्ण रुपमा पालना भएको नपाइएमा प्रमुख कार्यकारी अधिकृत  (सीईओ)जिम्मेवारी हुने हुँदा बीमा ऐन, २०७९ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.