add

अरुण भ्याली हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन






ActPro Nepal

|

७ चैत, २०८०

|
137

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन १७ गतेदेखि बिक्रीमा ल्याएको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ १५ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका र मेरो सेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त रकम काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन ऋण तिर्न र पीके हाइड्रोपावरले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.