काठमाडौँ । इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको छ।
यस्तै गाजामा भोकमरीका कारण मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन्।
यसैबीच, बेलायतले गाजामा २ हजार टन खाद्यान्न सहयोग पुगेको जनाएको छ। बेलायतले अनुदान दिएको २ हजार टनभन्दा बढी खाद्यान्न सहायता जोर्डन हुँदै गाजामा पुर्याएको हो।
करिब २ लाख ७५ हजार मानिसलाई खुवाउन सक्ने खाद्यान्न विश्व खाद्य कार्यक्रमले वितरण गर्ने बताइएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।