add

आज अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस






ActPro Nepal

|

७ चैत, २०८०

|
838

काठमाडौँ ।  आज अन्तर्राष्ट्रिय मुख स्वास्थ्य दिवस, नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च २० का दिन मुख स्वास्थ्यसँग सम्बन्धित सन्देश फैलाउन यो दिवस मनाइन्छ। 

मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अंगको स्वास्थ्यलाई बुझिन्छ। मुख स्वस्थ भयो भने मात्रै शरीर स्वस्थ रहन्छ । मुखकै कारण शरिरका अन्य अंगमा विभिन्न रोग लाग्छ। त्यसैले मुख स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। 

मुख स्वास्थ्य अन्तरगत दाँत सबैभन्दा बढी संवेदनशील मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ६ अर्ब ७५ करोड मानिस दाँतको रोगबाट पीडित छन्। एकदेखि ९ वर्ष सम्मका ५१ .२ प्रतिशत दाँतको उपचारको पहुँच बाहिर छन्। नेपाल सरकारले २०७० मा राष्ट्रिय मुख स्वास्थ्य नीति पारित गरिसकेको छ। 

तर, हालसम्म पनि यसको कार्यान्वयन भएको छैन। मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर घोषणा गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.