add

चैत ६ गते मंगलवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

६ चैत, २०८०

|
2042

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० चैत ६ गते | मंगलवार १९ मार्च २०२४। फाल्गुण शुक्लपक्ष दशमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन, १६ः५७ बजेपछि कर्कट।

आजको राशिफल

मेष : दिन राम्रो छ । ठुला काममा हात नलगाउनु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ । शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ । परिवारको माया प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : समय राम्रो छ । शेयरमा लगानी भए फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारबाट रचनात्मक साथ र सहयोग मिल्नेछ ।

मिथुन : दैनिकी राम्रो छ । नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ । धर्ममा मन जानेछ । साथी सकारात्मक छन् । लगानीका क्षेत्रबाट घाटा हुनेछन् । परिवारको साथ र सहयोग रहनेछ ।

कर्कट : दैनिकी राम्रो छ । भविष्य बनाउने योजना बनाउने दिन छ । अरुलाई प्राथमिकता दिँदा आफू ओझेलमा पर्ने जोखिम हुन्छ । परोपकारको मौका मिल्नेछ । परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

सिंह : आजको दैनिकी राम्रो छ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। उचाइमा पुगँे भनेर धरातल बिर्सनु हुँदैन । परिवारको माया निरन्तर प्राप्त हुनेछ ।

कन्या : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । समस्या विस्तारै किनारा लाग्नेछन् । शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आजको दिन राम्रो छ । आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ । खानपानका कारण स्वास्थ्यमा गढबढी हुनसक्छ । नियमित खाइरहेको औषधी नछुटाउनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ ।

वृश्चिक : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ । गलत नियतले पछ्याउनेहरु कमजोर बन्नेछन् । श्रमको मूल्य प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीबाट मन उत्साहित हुनेछ। परोपकार गर्ने मौका मिल्नेछ । शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ । आफन्त र परिवारको साथ रहनेछ ।

मकर : दिन सामान्य छ । ठुलो योजना नबनाएकै राम्रो हुन्छ । अरुले गल्ती गरे पनि दोष तपाईंमाथि नै आइलाग्न सक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ । परिवारमा विचारको द्वन्द्व हुने खतरा छ ।

कुम्भ : शनिदेवको छाया योग रहेको छ । जन्मकुण्डलीमा शनि नकारात्मक भए त्यत्ति राम्रो हुँदैन नत्र दिन राम्रो बन्नेछ । आर्थिक र सामाजिक क्षेत्र अब्बल छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ ।

मीन : समय राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ । वैदेशिक क्षेत्रको लगानी र यात्रा भए सचेत हुनुपर्ने दिन छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । - ज्यो.प.सूर्यनाथ लुइटेल

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.