add

२५ औँ फ्लोरा एक्स्पो समपन्न्,४ दिनमा १ कराेडकाे कारोबार भएकाे दाबी






ActPro Nepal

|

५ चैत, २०८०

|
98

काठमाडौं । भृकुटीमण्डपमा आयोजित २५ औं फ्लोरा एक्स्पोमा एक करोडको कारोबार भएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ। 

फ्यानको आयोजनामा चैत १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको मेलाबाट पुष्प व्यवसायीहरूले १ करोड ५ लाख ५ हजार रुपैयाँको कारोबार गरेका फ्यानका अध्यक्ष मिनबहादुर लामाले जानकारी दिए।

उक्त मेलामा ४९ हजारले अवलोकन गरेको उनको भनाइ छ। फ्यानले लिएको लक्ष्यभन्दा बढीकाे कारोबार भएको छ। मेलामा ५० हजार जनाले अवलोकन गर्ने र १ करोड रुपैयाँ बराबरको कारोबार हुने फ्यानको अनुमान थियो।

मेलाको पहिलो दिन चैत १ गते सात हजार ५०० जनाले अवलोकन गरेका थिए भने १७ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। चैत २ गते १५ हजार बढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ।

त्यस्तै ३गते १७ हजारबढीले अवलोकन गरेका थिए भने ३५ लाखको कारोबार भएको थियो। मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेकाे थियाे। मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १ सय शुल्क तोकिएकाे थियाे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.