add

चैत १ गते बिहीवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

१ चैत, २०८०

|
2936

आजको पञ्चाङ्ग

काठमाडौं । २०८० चैत १ गते | बिहीवार १४ मार्च २०२४। फाल्गुण शुक्लपक्ष चतुर्थी तिथि, ६ः३७ बजेपछि पञ्चमी। भरणी नक्षत्र। चन्द्रराशि मेष।

आजको राशिफल

मेष : समय राम्रो छ। हरेक क्षेत्रमा भएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। धनी मानिसँग संगत हुनेछ। वैदेशिक क्षेत्रमा बनाएको योजना सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ। धेरै मानिस तपाईंसँग प्रभावित हुने दिन छ। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा अवरोध हुनसक्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : गुम्न लागेको धन हात लाग्नेछ। टुटेको सम्बन्ध पुर्नमिलन हुनेछ। धार्मिक विश्वास गुम्ने खतरा भने देखिन्छ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। यात्रामा दुर्घटनाको जोखिम हुनसक्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्ना आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। परिवारको माया निरन्तर मिल्नेछ।

सिंह : समय राम्रो छ। चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : दैनिकी राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगरे स्वास्थ्य खराब बन्नेछ।

तुला : दिन राम्रो छ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। शनिदेवको छाया योग रहेकाले ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र साथीभाइको साथ र सहयोग रहनेछ।

धनु : दैनिकी राम्रो छ। रमाइलो यात्रा हुनेछ। साथीले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।

मकर : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परोपकारको अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।

कुम्भ : समय सामान्य छ। दैनिकी भन्दा बाहिर ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। धनलक्ष्मी योग परेको छ। आज धन लिने काम गर्नु राम्रो हुन्छ। आजको दिन अरुलाई नदिएकै राम्रो हुन्छ। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.