add

नयाँ सामसङ ग्यालेक्सी फिट ३ बजारमा






ActPro Nepal

|

३० फागुन, २०८०

|
125

काठमाडौँ । ग्यालेक्जी फिट ३  आफ्नो बिल्कुलै नयाँ डिजाइनको साथ, प्रयोगकर्ताहरूलाई स्मार्ट काम गर्न, उनीहरूको स्वास्थ्यलाई राम्रोसँग बुझ्न र कनेक्टेड अनुभवहरूको आनन्द लिन मद्दत गर्ने बजारमा ल्याएकाे छ ।  

सामसङ नेपालले आज आफ्नो सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ लन्च गरेको घोषणा गरेको छ । 

जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको छ । यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । 

ग्यालेक्सी फिट ३  सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म — चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्छ ।  

“स्वास्थ्यको बारे सोच्ने यस आधुनिक युगमा, मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्, र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ,” सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने  । फिट ३  , हाम्रो नवीनतम फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवद्र्धन गर्ने र सबैलाई आफूलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिएको छ ।  

ठूलो र झन् आकर्षक डिस्प्लेको साथ एक टिकाऊ र कम्प्याक्ट ट्रयाकर

ग्यालेक्सी फिट ३ लाई एल्युमिनियम बडी, एमलाेड स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ, जुन अघिल्लो मोडलको तुलनामा ४५% फराकिलो छ, जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत ष्लकष्नजतक जाँच गर्न सजिलो बनाउँछ । 

स्टिक देखिने  ग्यालेक्सी ३  को तौल हलुका र लगाउन एकदमै आरामदायक भएकोले यसलाई सजिलैसँग चौबीसै घण्टा दैनिकरुपमा प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताहरूले  ग्यालेक्सीलाई आफ्नो जीवनशैलीमा सजिलैसँग समावेश गर्न सक्छन्, यसको लामो समयसम्म टिक्ने ब्याट्री १३ दिन सम्म आरामले चल्छ । प्रयोगकर्ताहरूले आफ्नो ट्रयाकरलाई निजीकृत गर्न सक्छन् र १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मनपर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर यसलाई थप स्टाइलिश बनाउन सक्छन् । प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।

दिन र रात आफ्नो स्वास्थ्य मेट्रिक्समा सजिलै ट्रयाक राख्नुहोस्

सामसङले सधैं स्वस्थ रहनको लागि निद्रालाई प्राथमिकता दिँदै आएको छ, प्रयोगकर्ताहरूलाई उनीहरूको ढाँचाहरू बुझ्न र अत्याधुनिक निद्रा निगरानी उपकरणहरूको साथ स्वस्थ बानीहरू निर्माण गर्न सशक्त बनाउँदै आएको छ, यो प्रतिबद्धता न्बबिहथ ँष्तघ मा देख्न सकिन्छ । प्रयोगकर्ताहरूले आफ्नो  ग्यालेक्सी  रातभर आरामसँग लगाउन सक्छन्, जब कि यसले उनीहरूको निद्राको ढाँचाहरू ट्रयाक गर्दछ, घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नको लागि निगरानी गर्दछ । व्यक्तिगत निद्राको ढाँचाको आधारमा  ग्यालेक्सी  फिट ३ ले प्रयोगकर्ताहरूलाई अर्थपूर्ण अन्तर्दृष्टिसहितको व्यक्तिगत निद्रा कोचिङ प्रदान गर्दछ, जसले निद्रालाई अझ सहज रूपमा बुझ्न मद्दत गर्दछ र उनीहरूमा सकारात्मक परिवर्तनहरू ल्याउन नेतृत्व गर्दछ । 

दिनको समयमा, ग्यालेक्सी फिट ३  ले प्रयोगकर्ताहरूलाई उनीहरूको दैनिक गतिविधिहरूमा ट्रयाक राख्न मद्दत गर्दछ । प्रयोगकर्ताहरूले कुनै पनि समयमा, कुनै पनि १०० प्रकारका व्यायामहरू ट्रयाक गरी व्यायाम रेकर्डहरू सजिलैसँग समीक्षा गर्न सक्छन्, जसले उनीहरूलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न उत्प्रेरित रहन प्रोत्साहित गर्दछ । न्बबिहथ ँष्तघ मा छब्त्ः रेटिङ र क्ष्एटड–रेट गरिएको पानी र धुलो प्रतिरोध सुविधा छ, जसले गर्दा प्रयोगकर्ताहरूले विभिन्न वातावरणमा बाहिरी गतिविधिहरूको आनन्द लिन सक्छन् । मुटुको दर र तनावको स्तरहरू समावेश गर्ने स्वास्थ्य मेट्रिकहरू प्रदान गरेर न्बबिहथ ँष्तघ ले प्रयोगकर्ताहरूलाई उनीहरूको समग्र स्वास्थ्यको अझ गहिरो बुझाइ दिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.