add

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो






ActPro Nepal

|

३० फागुन, २०८०

|
207

सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३।३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अङ्कको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो । गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरूको सङ्ख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुअरीमा ६ लाख २५ हजार ५०० थियो । गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ ।

फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८।५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.