add

ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व






ActPro Nepal

|

२८ फागुन, २०८०

|
191

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ ले वर्चश्व कायम गरेको छ। अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६औँ ओस्कार अवार्डमा ओपेनहाइमरले कुल सात विधामा अवार्ड जितेको छ।

किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरे।

ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने फिल्मले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ।

फिल्म ‘पुअर थिङ्स’ले चार विधामा ओस्कार जितेको छ। पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन्। बार्बीको गीत ‘व्हाट वाज आई मेड फर?’ का लागि बिली इलिस र फिनिस ओ'कोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार पाएका छन्।

डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन्। ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ। ‘अमेरिकन फिक्सन’ले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.